द्वन्द्वका घटना उचालेर अघि बढे फेरि जनता उठ्छन् ।
२७ मंसिर, गोरखा । एकीकृत नेकपा माओवादी का नेता डा. बाबुराम भट्टराईले शान्ति सम्झौता विपरीत मुद्दा मामिलामा फसाउने षड्यन्त्र कसैले पनि गर्न नहुने बताउनु भएको छ ।
फुजेलमा
बिहीबार आयोजित भैरावश्रम उच्च माविको ५४ औं वाषिर्कोत्सव कार्यक्रममा
भट्टराईले भन्नुभयो-द्वन्द्वका घटना उचालेर अघि बढे फेरि जनता उठ्छन् ।
यसलाई सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोग बनाएर छानबिन
गर्नुपर्छ ।’ सचेत जनताको वस्ती भएको फुजेललाई बदनाम गराउन केही स्वार्थी
मानिस लागिपरेको उहाँको भनाई छ ।
पुरानै संविधान ब्युँताए स्वीकार्य नहुने
भन्दै भट्टराईले नेपालमा संघीयतासहितको संविधान बन्नुपर्ने बताउनुभयो ।
‘गणतन्त्र, धर्मनिरपेक्षता, सङ्घीयताका विषय एमाओवादीले ल्याएको हो ।
संविधान बनाउन अहिले पुराना मान्छे अघि देखिएका छन्’ उहाँले
भन्नुभयो-’उनीहरुले पुरानै संविधान ब्युँताए त्यो देशका लागि राम्रो हुने
छैन, सङ्घीयतासहितको नयाँ संविधान बन्नुपर्दछ ।’
भ्ार्खरै भएको चुनावले धेरै प्रश्न चिहृन
उठाएको बताउँदै उहाँले छानबिनका लागि स्वतन्त्र आयोग बनाउनुमा जोड दिनुभयो ।
मतपेटिका गणनास्थलमा लैजाँदा पार्टी प्रतिनिधि नलैजानु, ढिलो गरी मतगणना
गर्नु निर्वाचनमा धाँधली भएको प्रमाण भएको उहाँको भनाई छ ।
आफूलाई विजयी गराएकामा गोर्खाली जनतालाई धन्यवाद दिँदै नेता भट्टराईले गोरखाका विकासका लागि गुरु योजना बनाएर अघि बढ्ने बताउनुभयो ।
0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home