बसभित्रै इन्टरनेट सुविधा
२८ मंसिर, पोखरा । पोखराबाट काठमाडौं वा
चितवन जाँदै हुनुहुन्छ र माउन्टेन ओभरल्यान्ड टुर्स एन्ड ट्राभल्सको बसमा
यात्रारत हो भने अबदेखि तपाईले बसभित्रै इन्टरनेट चलाउन पाउनुहुन्छ ।
पोखराको उक्त ट्राभल्सले राजमार्गमा गुड्ने बसभित्रै इन्टरनेट सेवा दिन
थालेको छ ।
यो रुटमा पहिलोपटक यसरी नियमित रुपमा
बसभित्रै इन्टरनेट सेवा उपलब्ध गराइएको हो । बसमा यात्रा गर्ने स्वदेशी तथा
विदेशी यात्रुको सुविधालाई ध्यानमा राखेर बसभित्रै निःशुल्क वाइफाई सेवा
दिन थालिएको बसका सञ्चालक सोम थापाले बताए ।
‘यात्रुको सुविधाका लागि यो सेवा जडान
गरेका हौं । यसबाट बसमा यात्रा गर्दा सञ्चारसम्पर्कबिहीन हुनुपर्ने अवस्था
आउनेछैन्,’ थापाले भने ‘यात्रा गर्दै इन्टरनेट चलाएर यात्रुले आफन्त र
साथीभाईसँग सम्पर्क गर्दै व्यक्तिगत कामसमेत गर्न सक्नेछन् ।’ राजमार्गका
केही खोंच र घुम्तीबाहेक अन्यत्र यो सेवा सहज भएको उनले बताए । ‘खोच र
घुम्तीमा नचल्न सक्छ । अन्यत्र राजमार्गमा यो सेवा चलाउन सकिने रहेछ,’ उनले
भने ।
थापाका अनुसार नेपाल टेलिकमको
वाइम्याक्सका आउटडोर युनिट बसमा जडान गरिएको नागरिक दैनिकमा खबर छ । त्यसमा
वाईफाई राउटरको कनेक्सनमार्फत इन्टरनेट सेवा दिइएको छ । हालका लागि २५६
केविपिएसको गतिमा सेवा प्रदान गरिएको छ ।
0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home