Wednesday, December 11, 2013

कट्रिना भन्छिन- ‘रणवीरको बिहेमा म पनि नाच्छु, अझै २० बर्ष बिहे गर्दिन्

katrina_kaif_and_ranbir

कट्रिना कैफलाई भाउजु भन्दै करिना कपुरले रणवीरको बिहेमा ‘शीलाकी जवानी’ र चिकनी चमेली’मा नाच्ने उद्घोष गरेपछि रणवीर-कैट सम्बन्धले औपचारिकता पाएको चर्चा सुरु भएको थियो ।बिबाहको कुरा सार्वजनिक गरिदिएकोमा रणवीर पिता ऋषि कपुर निर्देशक करण जोहोर र करिनाससँग फायर भएको चर्चा चलिरहेका बेला कटि्रनाले भने दन्किएको आगोमा पानी खन्याउने कोसिस गरेकी छिन् ।हालै मुम्बईमा आयोजित एक कार्यक्रममा उनले आफु पनि रणवीरको बिबाहमा नाच्न आतुर रहेको प्रतिक्रिया दिइन् । आफु अहिले पनि सिंगल भएको दावी गर्दै उनले आगामी २० बर्ष बिबाहको कुनै सम्भावना नरहेको बताइन् ।करिना रणवीरको बिबाहमा तपाई नाचेकै गीतमा नाच्ने भनिन् नी भन्ने प्रश्नमा कटरिनाले भनिन- म पनि रणवीरको बिबाहमा बेसरमको गीतमा नाच्न चाहान्छु ।’ करिनाले भाउजु भनेको बिषयलाई भने उनले करिनाले ठट्टामात्र गरेको र रणवीर र आफुवीच त्यस्तो केही गम्भीर बिषय नरहेको भन्दै टारिन् ।



0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home