नेपाल
टेलिभिजनबाट प्रशारण हुने चर्चित हाँस्य सिरियलहरुमा कलाकारहरुको हेरफेर
हुने भएको छ । चर्चित हाँस्य सिरियल ‘तितो सत्य’का निर्देशक तथा कलाकार
दिपकराज गिरी अब अर्को कमेडी सिरियल ‘मेरी बाँस्सै’मा देखिन लागेका हुन् ।
दिपकले अनलाइनखबरसँगको एक भेटमा यस्तो रहस्य खोलेका हुन् यस्तै
‘मेरी बाँस्सै’का अर्का चर्चित कलाकार सिताराम कट्टेल अर्थात धुर्मुस
‘तितो सत्य’मा देखिने भएका छन् । आउँदो श्रृङ्खला देखि यस्तो हेरफेर हुन
लागेको जानकारी दिपकले दिएका हुन्
यस्तो हेरफेर कलाकारहरु बिचको मनमुटावले
भने हुन लागेको होइन । दिपकराज गिरी, दिपाश्री निरौला र निर्मल शर्माले
मिलेर बनाएको चलचित्र ‘छ एकान छ’ को प्रचारका लागि यो नयाँ शैली थालिएको हो
। जसअन्र्तगत अब सिनेमा चल्ने समयसम्म कलाकारहरुले आफ्नो सिरियल साट्ने
छन् ।
दिनेश डीसीको निर्देशनमा तयार भएको यो
चलचित्र पौष २६ गतेबाट देशभरका हलमा एकसाथ प्रदर्शनमा आउन लागेको छ ।
चलचित्रमा दिपकराज गिरी, सिताराम कट्टेल, जीतु नेपाल, शिवहरी पौडेल, केदार
घिमिरे, सन्दिप क्षेत्रीको साथमा नायिका नीता ढुंगानाको मुख्य भूमिका छ ।
पूर्णतया कमेडी बिषयमा तयार भएको यो चलचित्रमा दर्शकले सबै हाँस्य सिरियलका
कलाकारलाई पर्दामा देख्न पाउने भएकाले पनि रुचाउने विश्वास गरिएको छ ।
चलचित्रको प्रचारका लागि निर्माणपक्षले
पुरानो फर्मुला नअपनाउने बताएको छ । निर्माता तथा कलाकार दिपकराज गिरीले यो
आफूहरुको लागि एउटा परिक्षा भएको पनि बताए । सिनेमा हेर्न हलसम्म दर्शक
गएको खण्डमा सिरियलका कलाकार पनि ठूलो पर्दामा हिट छन् भन्ने पुष्टी हुने
उनको तर्क छ । अर्कोतिर मेरी बाँस्सै, तितो सत्य र जिरे खुर्सानीको क्रेज
पनि दर्शकमाझ कस्तो छ भनेर देखिने उनीहरुको विश्वास छ ।
निर्माणपक्षको प्रचारको यो नौलो शैलीलाई दर्शकले कसरी हेर्ने हुन् त्यो हेर्न पौष २६ गतेलाई नै कुर्नु पर्ने हुन्छ
0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home