मंसिर, काठमाडौं । संविधानसभा २ मा सबैभन्दा ठूलो पार्टी भएपछि सबैले भावी प्रधानमन्त्रीको रुपमा कांग्रेस सभापति सुशील कोइरालाको नाम लिन थालेका छन् । दुई दुई ठाउँबाट निर्वाचन जितेको पहिलो पार्टीको सभापति कार्यकारी प्रधानमन्त्री बन्लान भनेर अनुमान गर्नु सामान्य कुरा भइहाल्यो । तर, घटनाक्रमहरु चाँही सुशीललाई प्रधानमन्त्री बन्नबाट रोक्नेतर्फ क्रियाशील रहेको खबर प्राप्त भएको जनआस्था साप्ताहिकमा खबर छ निर्वाचन अघि नै नेपाल आएर अड्डा जमाई बसेका र निर्वाचनमा बेला आफ्नो स्टेशन सहप्रमुखहरुलाई ढुक्कैले नेपालको चुनावी मनिटरिङ गराउन नेपाल छाडेका भारतीय गुप्तचर संस्था ‘रअ’ का चिफ आलोक जोशी अघिल्लो साता काठमाडौं आए यसअघि द्वारिका होटल या अन्नपूर्ण होटलमा बस्ने गरेका उनी यसपाली भारतीय दूतावास नजिकमा पर्ने होटल र्याडिसनमा बसे । जोशी आउनुअघि एमाले कांग्रेसबीच शक्ति बाँडफाँड गर्ने र समझदारी बनाएर अघि बढ्ने कोणबाट कुराकानी अघि बढिरहेको थियो । कुराकानीको केन्द्रमा सुशील नै थिए । स्रोतहरु भन्छन्, ‘भारतप्रति अनुदार मानिने सुशीललाई रोक्नकै लागि आलोक जोशी काठमाडौंमा प्रकट भएको भएका हुन् काठमाडौं आउनासाथ उनको तीब्र सक्रियता मधेसवादी दल र कांग्रेसका नेताहरुलाई छुट्टाछुट्टै भेट्नमा केन्द्रीत थियो । निर्वाचनमा अप्रत्यासित पराजय भोगेपछि तिल्मिलाएका एमाओवादी नेताहरुसँग पनि जोशीले भेटे । त्यही भेटको प्रभावस्वरुप उच्चस्तरीय छानविन र संविधान संशोधनबनेगर संविधानसभामा जान इनकार गरेर बसेको एमाओवादी संविधानसभामा जान फेस सेभिङको आधार बनाउन मरिमेटेर लागेको छ भने एमाओवादीसँग मोर्चावन्दी गर्दै आएका विजय गच्छदारलगायतका मधेसवादी नेताहरु निर्वाचन परिणाम स्वीकार गर्ने र संविधानसभामा जाने अडानमा छन् । फोरम नेपालका नेतालाई समेत जोशीको टोलीले भेटेर मधेसबाट मधेसी पार्टीको मत नघटेको तर पार्टी धेरै हुँदा मत विभाजन भएकाले मधेसवादी दलहरुको सीट घटेकाले त्यसलाई सहज रुपमा लिएर संविधानसभामा जान दबाब दिएको स्रोतको दाबी छ । चुनाव हुन केही महिनाअघि नै शेरबहादुर देउवालाई भारत बोलाएर खुमद गर्न भ्याएको र त्यसप्रति कांग्रेस र लोकतन्त्रवादीले खुल्ला असन्तोष व्यक्त गरेपछि औपचारिकताका लागि सुशीललाई भारत भ्रमण गराइए पनि पछिल्लो समय देउवा भारतप्रति बफादार रहेको बताइन्छ । देउवाले राजनीतिक करियर अमेरिकी तथा पश्चिमी देशहरुप्रतिको बफादारीबाट शुरु गरेको भनिने गरेपनि पछिल्लो समय उनी भारतसँग नजिकिन पुगेका हुन् । खासगरी वीरगञ्जस्थित बाणिज्य दूतावासका कर्मचारी प्रकरणलाई लिएर भारतीय राजदूतको सातो टिपेपछि भारतले कांग्रेसभित्र विश्वासिला पात्र खोज्ने क्रममा देउवालाई च्यापेको बताइन्छ । सुशील प्रधानमन्त्री बन्ने सम्भावना बढ्नासाथ त्यसलाई रोक्न देउवालाई अघि सार्न आलोक जोशीको भ्रमण भएको बुझिएको छ । भारतमा भाजपाले चुनाव जित्न सक्ने र अनुदारबादी राजनीतिक कोर्ष अघि बढाउन पनि देउवा नै सजिला पात्र हुने विश्लेषण गरिएकाले सुशीललाई छेक्ने र देउवाले अघि बढाउने माहौल बन्ने देखिन्छ ।
www.nepalilooktara.blogger.com
"हामिले नै नया नेपाल बनाउनु पर्छ " हामी पनि नेपाली तारा हो |
0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home