Tuesday, December 10, 2013

चलचित्रको बजारमा पछिल्लो समय अवार्डहरु हुने

नेपाली सांगीतिक तथा चलचित्रको बजारमा पछिल्लो समय अवार्डहरु हुने क्रम बढेको छ । चलचित्र र संगीतलाई मुख्य आधार मानेर अवार्डहरु हुने क्रम बढेको समयमा माघ २० गते अर्को एक म्यूजिक अवार्ड हुने भएको छ ।विगत १० बर्षदेखि संचालनमा आएको स्टार एफ.एम प्रालीले म्यूजिक अवार्डको आयोजना गर्न लागेको हो । अवार्ड कार्यक्रममा २४ वटा विधा समावेश गरिएको छ । साथमा एक जना श्रष्टालाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरिने काठमाण्डौमा आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । माघ २० गते काठमाण्डौको प्रज्ञा प्रतिष्ठानमा एक भव्य समारोहको आयोजना गरी अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ । पत्रकार सम्मेलनमा बोल्दै स्टार एफ.एमका कार्यकारी अध्यक्ष प्रदिप कुमार उदयले करिब १५ लाखको खर्चमा अवार्ड गर्न लागिएको बताए । अवार्डमा राष्ट्रिय भावनाको गीत, नव प्रतिभा दोहोरी, नव प्रतिभा सुगम संगीत, उत्कृष्ट पप गायिका, उत्कृष्ट पप गायक, उत्कृष्ट पप संगीतकार, उत्कृष्ट समुह गायन, उत्कृष्ट चलचित्र गीतकार, उत्कृष्ट पाश्र्व गायिका, उत्कृष्ट पाश्र्व गायक, उत्कृष्ट पाश्र्व संगीतकार, उत्कृष्ट लोकदोहारी शब्द, उत्कृष्ट लोक दोहोरी गायिका, उत्कृष्ट लोक दोहोरी गायक, उत्कृष्ट लोक दोहोरी भाका, उत्कृष्ट लोकगीत, उत्कृष्ट युगल गायन, उत्कृष्ट ध्वनी मुद्रण, उत्कृष्ट संगीत संयोजन, उत्कृष्ट सुगम संगीत गीतकार, उत्कृष्ट सुगम संगीत संगीतकार, उत्कृष्ट सुगम संगीत गायिका, उत्कृष्ट सुगम संगीत गायक र उत्कृष्ट एल्मब विधा समावेश हुनेछन् ।

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home