'आरुसी हेमराज हत्याकान्ड'
निर्माता/निर्देशकले भारतको चर्चित 'आरुसी हेमराज हत्याकान्ड' बारे फिल्म निर्माण गर्ने इच्छा देखाएका छन् । हलिउडका निर्देशक क्लिप एफ रुनयार्ड त्यसका लागि अनुमति माग्न भारत आइपुगेका छन् । उत्तर प्रदेशको नोयडास्थित एक अपार्टमेन्टमा पाँच वर्षअघि चिकित्सक दम्पतीले छोरी १४ वर्षीया आरुसी तलवार र घरमा काम गर्ने नेपाली हेमराज (यमप्रसाद) बन्जाडेलाई छोरीकै कोठामा आपत्तिजनक अवस्थामा भेटेपछि रिसको झोकमा हेमराजमाथि प्रहार गर्दा छोरीलाई लाग्न गई उनको मृत्यु हुन पुगेको र हेमराजको पनि हत्या गरेको अभियोगमा दम्पती डा. राजेश र नुपुरलाई गत साता मात्र अदालतले जेल चलान गरेको छ । सन् २००८ मे १५ को उक्त हत्याकाण्डलाई लिएर फिल्म बनाउन चाहेका हलिउड निर्देशक रुनयार्डले गएको शुक्रबार जेल प्रशासनसँग आरुसीका बाबुआमा राजेश र नुपुरसँग भेटवार्ता गर्न स्वीकृति मागे पनि कानुनी मापदण्डअनुसार दुई सातापछि मात्र भेट गर्न दिने जनाइएको छ । हत्या प्रकरणमा दोषी ठहरिएका चिकित्सक दम्पतीलाई आजीवन कारावास सजायका लागि दासना जेलमा राखिएको छ । निर्देशक रुनयार्ड उनीहरूसँग कुरा गर्न र फिल्म निर्माणका लागि अनुमति लिन चाहन्छन् । यसअघि निर्देशक मिलन लुथरियाले पनि यस सनसनीपूर्ण हत्याकाण्डमाथि फिल्म बनाउने योजना बनाएका थिए ।
0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home