Wednesday, December 11, 2013

नेपाली काँग्रेस र एमालेबीच सहकार्य हुनुपर्छ : अध्यक्ष बस्नेत



mahesh basnet
विराटनगर, २६ मंसिर । युवा संघ नेपालका अध्यक्ष महेश बस्नेतले संविधान निर्माण, जातीय सद्भाव एवम् सुशासन कायम गर्न नेकपा एमाले र नेपाली काँग्रेसबीच सहकार्य हुनुपर्ने बताउनुभएको छ । नेकपा एमाले पार्टी कार्यालय विराटनगरमा बुधबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष बस्नेतले यी दुई पार्टीले जनताको मतको आधारमा सर्वप्रथम संविधान निर्माणमा जोड दिनुपर्छ भन्नुभयो ।
उहाँले नेपालको इतिहासमा हालै सम्पन्न संविधानसभा निर्वाचन सबैभन्दा निष्पक्ष एवम् अत्याधिक मतदान भएको धारणा राख्दै पहिलो संविधानसभाबाट संविधान नबन्नुमा एकीकृत माओवादी र मधेसवादी दल मुख्य जिम्मेवार रहेको बताउनुभयो ।
अध्यक्ष बस्नेतले राष्ट्रपतिले लोकतन्त्रलाई बचाउन तथा अन्य विभिन्न महत्वपूर्ण भूमिका खेलेकोमा प्रशंसा व्यक्त गर्दै संवैधानिक नियुक्तिमा सबै पार्टीको सहभागिता आवश्यक छ भन्नुभयो ।
उहाँले युवा सङ्घको चाँडै बस्ने केन्द्रीय कमिटीको बैठकबाट युथफोर्स विघटन गर्ने जानकारीसमेत दिनुभयो ।

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home