जंगली हात्तीको आक्रमणबाट बाबु छोराको मृत्यु
रौतहट-जंगली
हात्तीको आक्रमणबाट आज बिहान रौतहटमा एकै परिवारका दुई जनाको मृत्यु भएको
छ। मृत्यु हुनेमा बाबु छोरा रहेका छन्। आक्रमणबाट अर्का एक जना गम्भीर
घाईते भएका छन्।
रौतहटको लक्ष्मीनिया गाउँ विकास समिति ९ बुटुवा टोलमा जंगली हात्तीको
बथानले बस्तीमा आक्रमण गर्दा घरमै सुतिरहेका स्थानिय ६५ वर्षिय गोबिन्द
गिरी र उनका ३२ वर्षिय छोरा सुमन गिरीको मृत्यु भएको हो। उनीहरुलाइ
हात्तीको समूहले किल्चेर मारेका हुन। हात्तीको समूहले उनीहरुलाई ओछयान बाटै
घिसार्दै खेतमा लगेर कुल्चेको उमेश रखालले बताए। सोही घरमा सुतेका रखाल
भने भागेर ज्यान जोगाउन सफल भएका थिए। हात्तीले उनी माथी पनि आक्रमणमा रखाल
पनी घाइते भएका छन्। आक्रमणमा घर ध्वस्त भएको जिल्ला प्रहरी कार्यालय
रौतहटका प्रहरफ उपरिक्षक गोबिन्द राम परियारले जनाएका छन।
घटनाका बारेमा जानकारी प्राप्त भए पछि ईलाका प्रहरी कार्यालय गरुडाको
टोलि त्यस तर्फ गएको छ। केही दिन यता रौतहटको उत्तरी क्षेत्रमा जंगली
हात्तीको आक्रमण बढ्न थालेको छ।
0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home