Wednesday, December 11, 2013

एक मधेस भन्नेलाई जनताले ‘लोप्पा’ खुवाए : केसी

chitra bahadur kcमंसिर, काठमाडौं । राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसीले एक मधेस प्रदेश नभए देश टुक्राउने चेतावनी दिनेहरुलाई मधेसी जनताले नै ‘लोप्पा’ खुवाएको बताउनु भएको छ ।
जनताले जातीय र क्षेत्रीय राजनीतिलाई अस्विकार गरेको बेला मधेसी मुलका राष्ट्रपति र उपराष्ट्रपतिलाई हटाएर मधेसी जनतालाई खिन्न बनाउन नहुने उहाँको तर्क छ ।
बुधबार राजधानीमा आयोजित कार्यक्रममा केसीले संविधानसभा गठन नै नहुँदै संविधानको विषय छाडेर राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा अल्झीनु दुःखद भएको बताउनुभयो । उहाँले भन्नुभयो-’अहिले सरकार बनाएर संविधान निर्माणमा लाग्नु पर्ने बेला हो, अरु विषयमा छलफल गर्ने यो बेला होईन ।’
पुजीवादी चुनावमा जहाँ पनि धाधली हुने दावी गर्दै केसीले आफूले धाधली गरेर जित्दा क्रान्तिकारी धाधली हुने र अरुले गर्दा प्रतिगमन हुने कुराको तुक नभएको दावी गर्नुभयो । उहाँले भन्नुभयो-’जनताको अभिमत आई सकपछि धाधली भयो । संविधानसभामा जादैनौं भन्नुको कुनै अर्थ छैन ।’

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home