Wednesday, December 11, 2013

कतारमा हड्तालमा उत्रिएका ९९ नेपालीलाई घर फर्काइयो

मंसिर, काठमाण्डौ । न्यून तलव दिएको भन्दै कतारमा हडतालमा उत्रिएका ९९ नेपाली कामदारलाई नेपाल फर्काइएको छ । अझै एक सय ९८ जना घर फर्कने तयारीमा छन् । उनीहरुलाई प्रहरीले क्याम्पबाट उठाएर डिपोर्ट सेन्टरमा राखेको छ ।
कतारको एक्सबोल्वोरालो कम्पनीमा कार्यरत नेपाली कामदारले सम्झौता अनुसार तलव नपाएको भन्दै हडताल गरेका थिए । लगतै कम्पनीले उनीहरुलाई सहिलियास्थित क्याम्पमा राखेको थियो । कतारस्थित श्रम सहचारी इन्द्रदेव पाण्डेका अनुसार ९९ जना नेपाली बुधबार नेपाल फर्किएका छन् भने १ सय ३० जना बिहीबार र ६८ जना शुक्रबार र्फकने छन् ।
‘२ सय ९७ जना स्वेदेश र्फकने प्रक्रियामा छन् । उहाँहरुले स्वदेश र्फकन चाहन्छौं भनेपछि फिर्ता पठाइएको हो’ उहाँले भन्नुभयो । पाण्डेका अनुसार हलतालमा उत्रिएकामध्ये केही कामदार भने काममा फर्किएका छन् ।
कतारको श्रम कानुनमा कार्यस्थलमा हड्ताल गर्नु अबैध मानिन्छ । सोही कानुनको सहारा लिंदै पिडीत नेपाली कामदारलाई क्षतिपूर्ति राहत दिनुको सट्टा नेपाल फर्काउने गरिएको छ ।

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home