Thursday, January 2, 2014

सुन्तला बगैचा हेर्न आउने कृर्षकको संख्यामा बृधि



भुवन रायमाझी, पाल्पा पुष १७ -
सुन्तलाको पकेट क्षेत्र भनेर चिनिने पाल्पाको छहरा ५ अमलाबास मा रहेको सुन्तला बगैचा हेर्न आउने र अनुभव बटुल्ने कृर्षकको संख्यामा बृद्धी भएको छ । ब्यावसाहिक कृर्षी सन्जाल बराङ्दी पाल्पा बाट आज ३५ जनाको समुह अमलाबासमा रहेको सुन्तला बगैचाको निरिक्षण गरेको छ । बराङ्दी गावीस लाइ केही बर्ष भित्र सुन्तालाको पकेट यरीया बनाउने र कृर्षीमा आत्मनिर्भर भएर मनग्य आम्दानी लिने उदेश्य राखेर यो कृर्षी समुह जिल्लाकै पश्चिम छहरामा रहेको अमलाबास फलफुल समुहले उत्पादन गरेको सुन्तला खेतीको अवलोकनमा आएको समुहका अध्यक्ष पशुपती बश्यालले बताउनु भयो । सुन्तला बगैचाको अवलोकन पछी अमलाबासका सुन्तला कृषकहरु का बारीभरी पहे लै सुन्तला देखेपछी जो कोहीं पनी मोहीत त बन्छ नै यो देखेर यहाको सिको गरी आफ्नो समुहलाइ पनी जिल्लामै नमुनाको गावीस बनाउन समुह संगै आयका पत्रकार दयाराज न्यौपानेले आग्र ह र्गनु भयो। समुहका सचिप लक्ष्मण घिमिरे वोडा नागरीक मन्चका कृण्ण प्रसाद बस्याल सहितको समुहले सुन्तला बगैचाको अवलोकन गरेका थिय । पश्चिम पाल्पा को छहरा मुझुङ पालुङ मैनादी भुवनपोखरी लगायतका गाविस सुन्तलाको पकेट क्षेत्रको रुपमा परिचित छ ।

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home