Tuesday, December 17, 2013

रिडीमा एक शताब्दी अघी देखी सुरु भएको रिडीका नेवार समुदायहरुको गुठ पूजा सम्पन्न

रुरु नेटवर्क's photo.रिडी,पौष३। करिब एक शताब्दी अघी देखी सुरु भएको रिडीका नेवार समुदायहरुको गुठ पूजा हिजो सम्पन्न भएको छ्। प्रत्येक बर्ष योमरी पुन्हीको दिन हुने गुठ पूजा यस पटक हिजो २ गते परेको थियो। रिडीमा रहेका दुइ वटा गुठ,ठुलो र सानो गुठका यस बर्षका लागि पाले भाई क्रमश नबिन कुमार श्रेष्ठ र देवराज श्रेष्ठ को घर बाट पूजा निकालिएको थियो। पूजा ठुलो गुठले भगवती र सानो गुठले गणेश भैरव मन्दिरमा गरेका थिए। पूजाको क्रममा दुबै गुठले मन्दिरमा तीनवता बोका बली चाढाएका थिए। बली चढाइएको बोकाको मासु लाई एक पाखे स्वाद मा पकाइएको थियो। ठुलो गुठले १०८ र सानो १०९ किलो मासु पकाएका थिए। र उक्त पकाइएको मासुलाई सम्पूर्ण गुठीयार भाईहरु लाई बाँढीएको थियो। कार्यक्रमको अन्त्यमा आउने बर्षाका लागि ठुलो गुठले गणेश थैव र सानो गुठले राज कुमार अमात्यको घरमा गइ बिधीवत रुपमा पालोको जिम्मेवारी हस्तान्तरण गरेको थियो।

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home