Sunday, December 29, 2013

आजको राशिफल

आजको पञ्चाङ्ग
वि. सं. २०७० साल पौष १५ गते सोमबार तदनुसार ईश्वीसन् २०१३ डिसेम्बर ३० तारिख, नेपाल संवत् : ११३४, (थिल्लागा)
आज सोमप्रदोष व्रत, तमु ल्होत्सार,
चन्द्रमा बृश्चिक राशिमा (अहोरात्र व्याप्त),
आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
खराब समय छ। स्वास्थ्यमा अचानक गडबडी आउने सम्भावना देखिन्छ। सानोतिनो चोटपटक नै पनि लाग्न सक्छ, सचेत एवं सावधान रहनु होला। तपार्इंको व्यक्तिगत दृष्टिकोण उल्टो हुने देखिन्छ, आज कुनै पनि नयाँ काम नथाल्नु होला व्यवहारिक हानी हुनेछ होस राख्नोस्।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
लामो समयपछि रसरङ्गको चाहना पूर्ण हुने योग आएको छ। दाम्पत्य सम्बन्धमा सुमधुरताको प्राप्ति हुनेछ। बालबच्चाबाट पनि सुखसन्तोष प्राप्त हुनेछ। कतै छोटो दुरीको रमाइलो यात्रा पनि हुन सक्छ। मेवामिष्ठान्न आदि खान पाइने र मनोरञ्जनमा रमाउन पाउनु हुनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
काममा बाधाअडचन उत्पन्न हुनुका साथै भनेजस्तो सफलता नमिल्न सक्छ। आफन्त वा मित्रले काममा धोका दिने सम्भावना छ। आकस्मिक रुपमा स्वास्थ्यमा समस्या देखा पर्नसक्ने भएकाले आहारविहारमा विशेष सतर्क रहनु होला। शारीरिक प्रतिस्पर्धा र तर्क, विवाद वा न्याय सम्पादनका सिलसिलामा लाभ प्राप्त गर्न सक्नुहुनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
अध्ययन, अध्यापन र लेखनकार्यमा उच्च सफलता प्राप्त हुने छ। व्यावहारिक र प्राविधिक काममा विशेष सफलता प्राप्त हुने छ। आम्दानीका मार्गहरु खुल्ला रहनेछन्। बौद्धिक क्रियाकलाप, दर्शन र चिन्तनप्रति झुकाव बढ्ने छ। भाइबहिनी र छोराछोरीले आज मनग्ये सहयोग गर्नेछन्।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
आज जोसुकैलाई मन पेट खोलेर नदिनु होला। प्रतिकूल समय छ, त्यसैले विश्वास गरेका व्यक्तिबाट नै विश्वासघात हुने सम्भावना छ। अशान्ति र अराजकताका समाचार सुन्नु पर्ने हुनसक्छ। आज पारिवारिक समस्याले मन खिन्न हुनेछ। दाम्पत्य सम्बन्धमा पनि तालमेल बिग्रनसक्छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
बन्धुबान्धव र दाजुभाइले तपाईंका कामधन्धामा सहयोग पुर्याउने छन्। साथीभाइसित भेटघाट हुने योगसमेत छ। अपूरा कार्य पूर्ण हुनेछन्। धार्मिक तथा आध्यात्मिक क्षेत्रतर्फको काममा सहभागी बन्नु पर्नेछ र त्यस पाटोका काममा प्रशंसित हुने अवसर प्राप्त हुनेछ। समाजसेवाका कामबाट लाभ हुनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
सामाजिक कामको दायित्व थपिने छ। वित्तीय क्षेत्र र व्यापारिक लगानीका लागि नयाँ काम गर्न उचित समयको योग छ। व्यापार व्यवसाय त्यसमा पनि हार्डवेयरका विक्रेताका लागि विशेष लाभदायक छ। भाइबहिनी वा सन्ततिका तर्फबाट खुशीको खबर प्राप्त हुने छ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
समय राम्रो छ। अन्न फलफूल आदि कृषिजन्य व्यवसायबाट राम्रो आर्थिक उपार्जन हुने योग छ। नोकरीबाट सन्तोष लिन सकिनेछ। उपहार पुरस्कार आदि मिल्नेछ। नयाँ काम गर्ने सोच बनाउनु भएको छ भने आज त्यसका लागि अनुकूल समय आएको छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
आज अकारण वादविवादमा फस्ने, सरकारी झमेलामा फँस्ने र प्रतिफल प्राप्त नहुने क्षेत्रमा लगानी हुने दिन हो। व्यापारीहरुले हानी व्यहोर्नु पर्छ र कर्मचारीले अपजस व्यहोर्नु पर्छ। छात्रछात्राले भने रमाइलो गर्नेछन्। यात्रा घातक बन्न सक्छ, धेरै टाढा नजानु होला।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
मातापिता, अभिभावकवर्ग वा विशिष्ट व्यक्तिको सहयोग प्राप्त हुनाले महत्वपूर्ण कार्य सम्पन्न हुनेछ। मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ। व्यवहारिक र घरायसी काममा समय र धन खर्च हुनेछ। पारिवारिक जीवनमा रमाइलोपना आउने छ। आम्दानीमा कमी हुने छैन।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
आर्थिक क्षेत्र सबल रहने छ भने स्वास्थ्य पनि सकारात्मक रहने छ। कार्य सफल हुँदै जानेछ। रमाइलो यात्रा हुन सक्छ। भौतिक साधनको जोहो हुनाका साथै मनोरञ्जनात्मक क्रियाकलापमा सक्रिय हुने अवसर जुट्ने छ। जीवनसाथीको भरपुर सहयोग प्राप्त हुनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
आज कुनै याचकलाई खाना खुवाउँदा शत्रुमाथि विजय प्राप्त हुने दिन हो। सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ। धार्मिक, सामाजिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना छ। सानोतिनो लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिंदैन। मन अध्यात्म र दर्शनतर्फ आकर्षित बन्नेछ।

new films

Wednesday, December 25, 2013

अन्जु, मिलन, रजिनाको टक्कर, कम छैनन् दुर्गा र प्रविशा पनि



nepali-female-singer२०७० पुष १० गते १५:४६ मा प्रकाशित

उत्कृष्ट पाश्र्व गायिकाको अवार्ड पाउनको लागि गायिकाहरु अन्जु पन्त, दुर्गा परियार, प्रविशा अधिकारी, मिलन अमात्य र रजिना रिमालले एक अर्कासँग भिडन्त गर्नु पर्ने भएको छ । स्टार एफ एम प्रालीले माघ २० गते आयोजना गर्न लागेको म्यूजिक अवार्डको नोमिनेशन सार्वजनिक गरिएको हो ।वि.सं २०६९ साल साउनदेखि २०७० साल असार मसान्त सम्म एफ.एममा दर्ता भएका गीतसंगीतको आधारमा नोमिनेशन सार्वजनिक गरिएको हो । आयोजकले पहिलो पटक गर्न लागेको अवार्डमा २४ विधा सहभागी छन् । यस्तै अवार्ड समारोहमा एक जना श्रष्टालाई लाइफ टाइम एचिभमेन्ट अवार्डबाट सम्मानीत गरिनेछ । यस्तै एक जना संचारकर्मीलाई रेडियोकर्मी सम्मानबाट पनि सम्मानित गरिनेछ ।
काठमाण्डौमा आयोजना गरिएको पत्रकार सम्मेलनमा एफ एमका अध्यक्ष प्रदिप कुमार उदयले सिर्जना र सर्जकलाई सम्मान गर्न अवार्ड गर्न लागिएको जानकारी दिए । अवार्डको राष्ट्रिय भावनाको गीतर्फ उन्नती बोहरा, दिनेश अधिकारी, धनराज सुब्बा, रंजना राई, रविन शर्मा उत्कृष्ट ५ मा परेका छन् । यस्तै उत्कृष्ट पप गायिका तर्फ आस्था वी, आस्था राउत, माण्डवी त्रिपाठी, मिलन अमात्य, श्रेया सोताङ नोमिनेशनमा परेका छन् ।
उत्कृष्ट पप गायकतर्फ भने एडि्रयन प्रधान, नविन के भट्टराई, सनुप पौडेल, बाबु बोगटी, हेमन्त रानाको नाम समावेश छ । उत्कृष्ट पप संगीतकारको विधामा कमल खत्री, किरण माइकल, कल्याण सिंह, राजु सिं र सुरेश अधिकारी नोमिनेशनमा छन् ।
उत्कृष्ट चलचित्र गीतकारतर्फ अमृत रेग्मी, डाक्टर कृष्णहरी बराल, नरेश भट्टराई, सुरेश अधिकारी र स्वप्नील बराल टप ५ मा पर्न सफल छन् । उत्कृष्ट पाश्र्व गायकको विधामा दिपक लिम्बु, प्रल्हाद तिमिल्सिना, राजेशपायल राई, शिव परियार र स्वरुपराज आचार्य नोमिनेशनमा परेका छन् । उत्कृष्ट चलचित्र संगीतकारतर्फ भने अर्जुन पोखरेल, कालीप्रसाद बास्कोटा, सुरेश अधिकारीको नाम समावेश छ । संगीतकार बसन्त सापकोटा यो विधामा चलचित्र रिदम र नोटबुकबाट नोमिनेशनमा छन् ।
अन्य विधामा नोमिनेशनमा परेका ५ मध्ये एकलाई काठमाण्डौमा आयोजना गरिने भव्य समारोहमा अवार्ड वितरण गरिनेछ ।

आजको राशिफल

आजको पञ्चाङ्ग
वि. सं. २०७० साल पौष ११ गते बिहीबार तदनुसार ईश्वीसन् २०१३ डिसेम्बर २६ तारिख, नेपाल संवत् : ११३४, (थिल्लागा)
चन्द्रमा कन्या राशिमा, भोलि बिहान ४ बजेर ४१ मिनेटसम्म, त्यसपछि तुला राशिमा,
आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
आफुलाई प्रतिष्ठा प्राप्त भए पनि साथीभाइ टाढिने सम्भावना छ। मित्रको व्यवहार पनि शत्रुतापूर्ण हुनेछ। पुख्र्यौली सम्पत्तिको विवाद छ भने आजबाट समाधानको बाटो पहिल्याउनुस्, सफलता हात पर्नेछ। बौद्धिक क्षेत्र राम्रो देखिन्छ तर पढाइलेखाइमा ध्यान केन्द्रित हुँदैन।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
व्यवसायिक क्षेत्र मध्यम रहने छ। छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ। दाजुभाइको प्रगतिको समाचार सुन्न पाइएला। पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहने छ। साथीहरुसित मनोरंजन गर्ने अवसर जुर्नेछ। राम्रो समयको योग छ। मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
आज पारिवारिक समस्याले मन खिन्न हुनेछ। दाम्पत्य सम्बन्धमा पनि तालमेल हुँदैन। धार्मिक र सामाजिक क्षेत्रमा ठूलै धनराशि खर्च हुनसक्छ तर मानसम्मान र प्रशंसा प्राप्त हुने लक्षण छ। धेरै दिनपछि बितेका समयको मूल्याङ्कन गर्न जाँगर चल्नेछ। शुभ कुराको सङ्केत मिल्नेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
सामाजिक क्षेत्रमा काम गर्नेका लागि आजको दिन राम्रो छ। पुरुषहरुले ससुरालीबाट र महिलाले माइतीपक्षबाट राम्रो सहयोग जुटाउन सक्छन्। सुमधुर दाम्पत्यसम्बन्ध र सन्ततिबाट राम्रो सहयोग प्राप्त हुनेछ। अविवाहितहरुमा विपरीतलिंगीबाट सहयोग प्राप्त हुनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
आजको दिन ठीकै मान्नुपर्छ। समयको ख्याल गर्नु होला। व्यवहारिक कठिनाइको सामना गर्नु पर्ला। मेवा मिष्ठान्न आदि खाने वातावरण मिल्नेछ। मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ। विशिष्ट व्यक्तिको सहयोग र सल्लाहले महत्वपूर्ण कार्य सम्पन्न हुनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
समय राम्रो रहेको छ। आज कुनै विशेष खुशीको समाचार सुन्न पाइएला। राम्रो कामको लागि काम गर्ने वातावरण अनुकूल बन्नेछ। बौद्धिक क्षमताको प्रस्फुटन हुनाले सृजनात्मक सफलता मिल्नेछ। भोगविलासमा मन जानेछ। दिन रमाइलो गरी बित्नेछ। शत्रुहरु पराजित हुनेछन्।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
खराब समय छ। तपाईंको कडा परिश्रम व्यर्थै खेर जान सक्छ। सामान्य कुरालाई पनि बढी गम्भीरतापूर्वक लिने बानीले आफैलाई दुःख होला। मानसिक एवं बौद्धिक ह्रास होला। अपमान वा अपजस सहनु पर्ने हुनसक्छ। यतिबेला आर्थिक लगानी गर्नु भर पर्दो देखिन्न।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
वैदेशिक क्षेत्रमा काम गर्ने वा घरपरिवारबाट टाढा बस्नेका लागि आज राम्रो दिन छ। व्यापार गर्नेले पनि आज सोचेजस्तै लाभ लिन सक्नेछन्। कर्मचारीले व्यर्थमा विवाद गर्ने समय छ। विद्यार्थीभने मनोरञ्जनमा भुलिने छन्। समाजसेवा गर्दा प्रशंसा प्राप्त हुने योग छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
विभिन्न जिम्मेवारी निर्वाह गर्नुका साथै दौडधूप पनि गर्नु पर्नेछ। यात्रा रमाइलो हुनेछ। उपहार प्राप्त हुने सम्भावना छ। आकस्मिक स्वास्थ्य समस्या आइलाग्न सक्छ। आफन्तहरुबाट भनेजस्तो सहयोग प्राप्त हुन सक्दैन। साथीहरुसित मनोरंजन गर्ने अवसर जुर्नेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
आज आफन्त वा साथीभाइले निस्वार्थ भावले सहयोग गर्नेछन्। उत्साहपूर्वक काम गर्नुहोला। यात्राको समय छ, तीर्थव्रत तथा देवालय आदिको भ्रमण हुन सक्छ, साथै मनोरञ्जन प्राप्त पनि होला। सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ। शुभ कुराको सङ्केत मिल्नेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
खराब समय छ। धन, धर्म र भाग्यमा हानी पुग्ने सम्भावना छ, धेरै उमङ्ग नल्याउनु नै बेस होला। स्वास्थ्यमा अचानक गडबडी आउने सम्भावना देखिन्छ। विभिन्न समस्याहरू झेल्ने समय छ। समस्याबाट मुक्त भएर बस्न कठिन हुनेछ। तर समस्यादेखि नभाग्नु होला।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
आज काममा सोचेजस्तै सफलता प्राप्त हुनेछ। पराक्रम बढ्नुका साथै शरीर फुर्तिलो रहने छ। दाम्पत्य जीवन सुखमय रहनुका साथै सन्ततिपक्षबाट पनि सन्तोष प्रापत हुनेछ। साझेदारी वा पार्टनरसीपमा कुनै काम गर्ने योजना बनाउनु भएको छ भने त्यसका लागि आज अनुकूल छ।

Tuesday, December 24, 2013

झरना, नम्रता, नीता, रेखा र सुमिना ४ महिनाका उत्कृष्ट नायिका


nepali-heroin
२०७० पुष  कास कम्पनी (एनएफडिसी) ले आयोजना गर्दै आएको “एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कार” को दोस्रो संस्करण “एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कार २०७०” को प्रारम्भिक मनोनयन भाग २ सार्वजनिक गरिएको छ । हरेक ४/४ महिनामा सार्वजनिक गरिने प्रारम्भिक मनोनयनको भाग २ अन्र्तगत २०७० भाद्र १ देखि मंसिर मसान्त सम्म सार्वजनिक प्रदर्शनमा आएका कुल २९ चलचित्रको मुल्यांकन गरिएको छ ।संयोजकसहित ५ सदस्य रहेको निर्णायक समितिबाट १७ बिधाका लागि सार्वजनिक मनोनयन अन्र्तगत प्रकाश सर्वोत्कृष्ट निर्देशकको बिधामा होस्टेलबाट हेमराज वि.सी., ढुवानीबाट पिताम्बर पाण्डे, मौनबाट सुरज भुषाल, मधुमासबाट सुदर्शन थापा र कालीबाट सविर श्रेष्ठ मनोनयनमा परेका छन् ।
यस्तै हिरा सर्वोत्कृष्ट चलचित्रको बिधामा दुर्गिस फिल्मस्को होस्टेल, कविता फिल्मस्को ढुवानी, क्वार्क फिल्म एण्ड आकाश आदीत्य इन्टरटेनमेन्टको मौन, प|mाइडे फिल्मस् को मधुमास र रेखा फिल्मस्को काली बिच प्रतिष्पर्धा हुनेछ ।
शिब सर्वोत्कृष्ट अभिनेताको बिधामा मधुमासबाट आर्यन सिग्देल, मौनबाट अर्पण थापा, लोफरबाट दयाहाङ राई, ढुवानीबाट किशोर खतिवडा र ग्याम्बलरबाट सुमन सिंह मनोनयनमा छन् । भुवन सर्वोत्कृष्ट अभिनेत्रीका लागि कोही त छ बाट झरना थापा, मौनबाट नम्रता श्रेष्ठ, उर्वशीबाट नीता ढुङ्गाना, कालीबाट रेखा थापा र स्टारबाट सुमिना घिमिरे उत्कृष्ट ५ को मनोनयनमा छन् ।
यस्तै नीर सर्वोत्कृष्ट सहअभिनेताको बिधामा होस्टेलबाट गौरव पहारी, मधुमासबाट मनोज आर.सी., राजनीतिबाट रमेश बुढाथोकी, लोफरबाट सागर लम्साल र सौर्यबाट सौगात मल्ल मनोनयनमा छन् ।
यता वसुन्धरा सर्वोत्कृष्ट सहअभिनेत्रीको बिधामा उत्कृष्ट ३ को मात्र मनोनयन सार्वजनिक गरीएको छ । जसमा उर्वशीबाट अरुणिमा लम्साल, राजनीतिबाट पवित्रा आचार्य र मधुमासबाट शिवाङ्गनिी राणा मनोनयनमा परेका छन् । यस्तै विश्व सर्वोत्कृष्ट नवअभिनेताको बिधामा पनि ४ जना मात्र मनोनयनमा छन् । जसअन्र्तगत होस्टेलबाट अनमोल के.सी., सौर्यबाट अनुपविक्रम शाही, उर्वशीबाट किशोर श्रेष्ठ र होस्टेलबाट सलोन बस्नेत छन् ।
चैत्य सर्वोत्कृष्ट नवअभिनेत्रीको मनोनयनमा हाम्री चेलीबाट अञ्जु निरौला, राजनीतिबाट कोमल वली, होस्टेलबाट प्रकृति श्रेष्ठ, मधुमासबाट पूजा शर्मा र ढुवानीबाट सगुन शाही रहेका छन् ।
राष्ट्रिय चलचित्र पुरस्कार २०७० को प्रारम्भिक मनोनयन भाग २ अन्र्तगत चेतन सर्वोत्कृष्ट पटकथा लेखनका लागि मौनबाट अर्पण थापा, हाम्री चेलीबाट मनिष पन्थ, मधुमासबाट दिनेश न्यौपाने र अविनाश बिक्रम शाह, होस्टेलबाट हेमराज बिसी र ढुवानीबाट पिताम्बर पाण्डे रहेका छन् ।
यस्तै भुटानी सर्वोत्कृष्ट द्वन्द्व निर्देशकको बिधामा ढुवानीबाट देव महर्जन, वार, बाउन्सर र ग्याम्बलरबाट हिमाल केसी र कालीबाट रोशन श्रेष्ठ मनोनयनमा छन् । हिमाल एकै बिधाका लागि ३ चलचित्रबाट मनोनयनमा परेका हुन ।
मञ्जु सर्वोत्कृष्ट छायाँकारको बिधामा उर्वशीबाट दीव्य सुबेदी, मधुमासबाट दीपक बजाचार्य, होस्टेलबाट हरि हुमागाई, ढुवानीबाट पुरुषोत्तम प्रधान र मौनबाट सञ्जय लामा मनोनयनमा छन् ।
यता तुलसी सर्वोत्कृष्ट सम्पादकका लागि कालीबाट बनिष शाह र अर्जुन जि.सी., सौर्यका लागि चन्दन दत्त र बिशाल कोइराला, मौनका लागि निमेश श्रेष्ठ, र होस्टेल र ढुवानीबाट सुरेन्द्र पौडेल मनोनयनमा परेका छन् । यस्तै प्रदीप सर्वोत्कृष्ट ध्वनी पुनः मुऽणका लागि सौर्यबाट विशेष पाण्डे, कालीबाट मुकेश शाह, लोफरबाट नारायण जोशी र ढुवानी र होस्टेलबाट उत्तम न्यौपाने मनोनयनमा छन् । यस बिधामा उत्तम ढुवानी र होस्टेल दुई चलचित्रबाट परेका छन् ।
सर्वोत्कृष्ट संगीतकारको बिधामा चलचित्र राजनीतिको ए हावा र विन्दास २ को सुन्छु तिमीले बोलको गीतबाट अर्जुन पोखरेल, कालीको स्लोली स्लोलीबाट वसन्त सापकोटा, जंजीरको किन गाह्रो गाह्रो बोलको गीतबाट टंक बुढाथोकी र मधुमासको आँटी सक्यो बोलको गीतबाट सुरेश अधिकारी मनोनयनमा परेका छन् ।
उदित सर्वोत्कृष्ट पाश्र्वगायनका लागि मधुमासको आँटीसक्यो बोलको गीतबाट अञ्जु पन्त, सोही गीतबाट दीपक लिम्बु, कालीको स्लोली स्लोलीबाट मिलन अमात्य, राजनीतिको ए हावा बोलको गीतबाट सञ्जिवनी र बिन्दास २ को सुन्छु तिमीले बोलको गीतबाट शिव परीयार मनोनयनमा परेका छन् ।
यस्तै शुभ सर्वोत्कृष्ट पाश्र्व संगीतको मनोनयनमा ग्याम्बलरबाट एलिस कार्की, राजनीतिबाट अमित श्रेष्ठ, होस्टेल र मौनबाट रोहित शाक्य र ढुवानीबाट सुजिल कर्माचार्य छन् ।
वसन्त सर्वोत्कृष्ट नृत्य निर्देशकको लागि कालीको स्लोली स्लोली र लोफरको एक्कासी दुक्कासी बोलको गीतबाट कविराज गहतराज, मधुमासको आँटीसक्यो बोलको गीतबाट रिनाशा राई, उर्वशीको सजाउँला बोलको गीतबाट बब्बु थापा र ग्याम्बलरको कति खुशी बोलको गीतबाट राजन राई मनोनयनमा परेका छन् । वसन्त सर्वोत्कृष्ट नृत्य निर्देशकको बिधामा कविराज गहतराज दुई चलचित्रबाट मनोनयनमा छन् ।
चलचित्र उद्योगमा २५ वर्षभन्दा लामो समय सम्म योगदान पुर्‍याएका र हाल पनि क्रियाशिल विशिष्ट चलचित्रकर्मीहरुलाई उच्च सम्मान व्यक्त गर्दै तिनै दिग्गज हस्तीहरुको नामबाट नामाङ्करण गरीएको अवार्डमा पुरस्कृत हुनेहरुलाई सम्मानपत्र, ट्रफीका साथमा नगद राशी प्रदान गरिनेछ । जसमा सर्वाेत्कृष्ट चलचित्र निर्देशकलाई ट्रफी, प्रमाणपत्रसहित रु १ लाख र “मह” जुरी अवार्डको बिधामा ट्रफी, प्रमाणपत्रसहित स्वदेशीलाई ५१ र विदेशी श्रष्ट्राको हकमा भने ट्रफी, प्रमाणपत्रसहित ५५५ युएस डलर प्रदान गरिने छ । यस्तै अन्य सम्पुर्ण बिधाहरुमा ट्रफी, प्रमाणपत्रसहित रु ५१ हजार प्रदान गरिने आयोजकले जनाएको छ । अवार्डको तेश्रो चरण चैत्र मसान्त पश्चात सार्वजनिक गरिनेछ । यसपश्चात यि सबै विधाबाट अन्तिम ५ नामाबली सार्वजनिक गरिने छ । अन्तिम ५ मा पर्न सफल चलचित्रकर्मी मध्येबाट प्रत्येक विधाबाट एक जनालाई एक भव्य कार्यक्रमका बिच अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ ।

आजको राशिफल

आजको पञ्चाङ्ग

वि. सं. २०७० साल पौष १० गते बुधबार तदनुसार ईश्वीसन् २०१३ डिसेम्बर २५ तारिख, नेपाल संवत् : ११३४, (थिल्लागा)
आज बुधाष्टमी व्रत, गोरखकाली पूजा, क्रिसमस डे,
चन्द्रमा कन्या राशिमा (अहोरात्र व्याप्त),

आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
हतार वा आवेशमा आएर कुनै कार्य नगर्नु नै बेस हुनेछ, पछि पछुताउनु पर्छ। मित्रवर्गबाट सोचेजस्तो लाभ प्राप्त गर्न कठिनाइ हुनेछ। प्रतियोगितात्मक क्रियाकलापबाट लाभ मिल्नेछ। यद्यपि आम्दानीमा कमी आउने छैन, तर पनि मनमा कताकता केही कमी भएझैं लाग्नेछ। पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहने छ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
बौद्धिक र लेखनकार्यमा सफलता प्राप्त हुने योग छ। सन्तति पक्ष र भाइबहिनीले खुसीको वातावरण सिर्जना गर्नेछन्। साथीभाइ र बन्धुबान्धवले तपाईंका सकारात्मक कामको समुचित मूल्याङ्कन गर्नेछन्। साँझपख धनलाभ हुने सङ्केत समेत देखिन्छ।खानपान र मनोरञ्जनका लागि राम्रै दिन छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
आज चोटपटकको भय र मानसिक तनाव हुनेछ। उता झुठो फत्तुर पनि आइलाग्न सक्छ। बोलीको प्रतिकूल एवं विपरीत अर्थ लाग्ने हुँदा सचेतता एवं संयमता अपनाउनु अत्यावश्यक छ। पछाडि कुरा काट्नेहरूले जपलझेल र षड्यन्त्रको तानाबुना रच्ने प्रयास गर्नेछन्।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
समय राम्रै छ। साथीभाइसित भेटघाट हुने योग छ। समाजको नेतृत्व बहन गर्नुपर्ने बेला छ। खाद्यान्नका परिकार तथा मेवा मिष्ठान्न मिल्ने समय छ। आज जग्गाजमिनको कारोबार गर्दा असल हुने सङ्केत छ। सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
आजको दिन आर्थिक दृष्टिले राम्रो दिन छ। नोकरी र व्यवसायिक क्षेत्रमा आज तपाईंको बोलीको कदर हुने दिन हो, भाँती पुर्याएर बोल्नुहोला। तपाईंप्रति विपरीतलिङ्गीको आकर्षण बढ्नेछ, जोस र जाँगर बढ्नेछ। सुनचाँदी जस्ता धातुको कारोवारबाट धेरथोर लाभ मिल्नेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
यात्राको योग छ। खर्च राम्रै हुनेछ। विभिन्न इष्टमित्रहरूसँग भेटघाट हुनेछ। विभिन्न देवालय मठ मन्दिर आदिको भ्रमण र दर्शन हुनेछ। विश्वासको वातावरण बन्नेछ। धेरै नबोल्नु बेस छ। घरायसी वातावरणमा केही धमिलोपन आउने छ। आजको समय सामान्य छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
समय राम्रो छैन। अपमान वा अपजस सहनु पर्ने हुनसक्छ। यतिबेला आर्थिक लगानी गर्नु भर पर्दो देखिन्न। कुनै वस्तुको किनमेल गर्दा महँगोमा परिएला विचार गर्नु होला। यात्रा घातक बन्न सक्छ, धेरै टाढा नजानु होला। आर्थिक समस्याले सङ्कट उत्पन्न गर्न सक्छ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
राम्रो समयको योग छ। शुभ समाचार प्राप्त हुनाले मन फुरुङ्ग हुनेछ। सामाजिक सभासमारोहमा भाग लिनु पर्नेछ। राजनैतिक क्षेत्रको वातावरणले मन परिवर्तन हुन सक्छ। खानपिनका परिकार प्राप्त हुने र विशेष यज्ञयागादि तथा धार्मिक कृत्यमा सहभागी हुनु पर्नेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
स्वास्थ्यस्थिति राम्रो रहनुका साथै काम गर्ने जाँगर बढ्ने छ। पारिवारिक सुखसम्मृद्धिमा बृद्धि हुनेछ। काममा सोचेजस्तै सफलता मिल्नुका साथै उन्नति गर्ने अवसर प्राप्त हुने योग छ। नवीन रोजगारीको सम्भावना छ। प्रतिस्पर्धीहरुमाथि विजय प्राप्त हुने छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
घरपरिवारभन्दा बाहिरको कुनै विद्यार्थीलाई उपहार दिंदा तपाईंको चौतर्फी उन्नति हुने सङ्केत छ। धार्मिक वा आध्यात्मिक किताबको अध्ययन गर्दा तपाईंले अद्भूत स्मरणशक्ति पाउनुहुनेछ। पत्रिका वा म्यागेजिन नै भए पनि आज पठनपाठनमा क्रियाशील हुनु राम्रो हुन्छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
आज झैझगडा र विवादबाट टाढा बस्ने दिन हो। खासगरी हाकिम, मातापिता वा विशिष्ट व्यक्तिसँग वादविवाद पर्ने सम्भावना छ। प्रेमसम्बन्धमा विश्वासको वातावरण नभएको महसुस हुनेछ। शरीरमा आलस्यपना देखिने छ, चोटपटक पनि लाग्न सक्छ। छाला सम्बन्धी रोगले दुःख नदेला भन्न सकिन्न। आफूले ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
समय राम्रो छ। भेटघाट एवं रसरङ्गमा समय बित्नेछ। मेवामिष्ठान्न आदि खान पाइने र मनोरञ्जनमा रमाउन पाउनु हुनेछ। आत्मविश्वास र शीघ्र निर्णय गर्ने क्षमता अभिवृद्धि हुनेछ। विपरीतलिङ्गी सहयात्रीबाट प्राप्त सल्लाहबाट गरिएको कामबाट फाइदा हुनेछ।

Monday, December 23, 2013

आजको राशिफल

आजको पञ्चाङ्ग


वि. सं. २०७० साल पौष ०९ गते मङ्गलबार तदनुसार ईश्वीसन् २०१३ डिसेम्बर २४ तारिख, नेपाल संवत् : ११३४, (थिल्लागा)

चन्द्रमा सिंह राशिमा, बेलुका ८ बजेर ४८ मिनेटसम्म, त्यसपछि कन्या राशिमा,
आजको राशिफल


मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
व्यापार व्यवसाय मध्यम रहेको छ। बौद्धिक क्षेत्र राम्रो देखिन्छ। गरेका कार्यहरुमा ढिलोमात्र सफलता मिल्नेछ। दिनभरि पारिवारिक सम्बन्ध सामान्य रुपले अगाडि वढ्ने छ, तर बेलुका घरायसी वातावरणमा केही धमिलोपन आउने छ। प्रतिकूल समय सुरु हुनेछ। मित्रको व्यवहार पनि शत्रुतापूर्ण हुनेछ।


बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
घरगृहस्थीमा धेरै समय खर्चनु पर्ने योग छ। वैदेशिक रोजगारी गर्ने र प्रवास वा परदेशमा रहनेहरुले आज घरायसी कुरा सम्झेर दिन बिताउने छन्। आकस्मिक रुपमा स्वास्थ्यमा समस्या आउनसक्छ। छोराछोरीको स्वास्थ्य एवं पढाइप्रति जिम्मेवारी बोध हुनेछ।


मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
आज तपाईंले राम्रोनराम्रो दुबैखाले समाचार सुन्न पाउनु हुनेछ। विभिन्न ठाउँको यात्रा हुने समय आएको छ। गरेका काममा लाभहानि दुबै हुनेछ। बेलुका घरायसी समस्याहरु देखापर्न सक्छन्। जीवनसाथीसित ठाकठुक पर्ने सम्भावना छ र मातापिता वा परिवारको ज्येष्ठ सदस्यको स्वास्थ्य चिन्ताको विषय बन्नसक्छ।


कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
हिजोआज राम्रै समय चल्दैछ। आत्मविश्वास र शीघ्र निर्णय गर्ने क्षमता अभिवृद्धि हुनेछ। घरमा विशिष्ट व्यक्तिलाई अतिथिका रूपमा स्वागत गर्न पाउनु हुनेछ। कुनै विशेष लाभदायक समाचार सुन्न पाइएला। सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ।


सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
आजको दिन सामान्य छ। प्राविधिक काममा विशेष सफलता प्राप्त हुने छ साथै आत्मसन्तुष्टि प्राप्त हुनेछ। सञ्चार क्षेत्रको कारोबार गर्दा बढी लाभ लिन सकिनेछ। व्यापार व्यवसाय त्यसमा पनि साजसज्जा र श्रृङ्गारका सामाग्री विक्रेताका लागि विशेष लाभदायक छ।


कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
दिनभरि मन एकतमासको हुनेछ। अशान्ति र छटपटी व्याप्त हुने छ। विपरीतलिङ्गीप्रति आकर्षण बढ्नेछ र भोगविलासमा तिर्सना जाग्नेछ। माया प्रेमको लागि समय र धन खर्च हुने देखिन्छ। खानपिन, घुमघाम एवं भेटघाटको बेला छ। बेलुकीपख मन फुरुङ्ग हुनेछ। आगामी दिनलाई केकसरी राम्रो र सन्तुलित बनाउने लेखाजोखा गरिनेछ।


तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
आज सन्तति र भाइबहिनीका पक्षबाट सन्तोष मिल्नेछ। व्यवसायिक क्षेत्र लाभप्रद रहने छ। उपहार प्राप्त हुने सम्भावना पनि छ। आम्दानीमा कुनै कमी आउने छैन। भौतिक साधनको जोहो हुनाका साथै मनोरंजनात्मक क्रियाकलापमा सक्रिय हुने अवसर जुट्ने छ। तर साँझमा अचानक निराशाको अनुभूति हुनेछ।


बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
आज तपाईंको चाहनाबमोजिम कार्य सम्पन्न हुनेछ। खर्च गर्न मन हौसिने योग छ तर व्यवसायिक क्षेत्रबाट राम्रै लाभ प्राप्त हुनेछ। पारिवारिक सुख मिल्नुका साथै साथीहरुसित मनोरंजन गर्ने अवसर जुर्नेछ। मातापिता वा अभिभावकवर्गबाट आवश्यक सहयोग र सल्लाह प्राप्त हुनेछ। सामाजिक क्षेत्र वा राज्यपक्षबाट सम्मानित हुने अवसर पाइने छ।


धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
आज प्रेम र भाइचारा जीवन्त तुल्याउने महत्वपूर्ण दिन हो। त्यसैले आज साँझ पूर्व वा दक्षिण दिशाको यात्रा गर्नुहोस् अनि खोला वा पोखरीका जलजन्तुलाई चारा हाल्नुस्। विशिष्ट व्यक्तिको सहयोग र सल्लाहले महत्वपूर्ण कार्य सम्पन्न हुनेछ। शुभ कुराको सङ्केत मिल्नेछ।


मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
खराब समय छ। लामो दूरीको यात्रा हानीकारक हुनसक्छ। यात्राको योजना छ भने बेलुका रात छिप्पिएपछिमात्र थाल्नु बेस हुनेछ, नत्र शरीरमा पीडा हुनेछ। धेरै उमङ्ग नल्याउनु होला, घाउचोट तथा अन्य वस्तुले समेत दुःख दिनसक्छ। दिउँसो अप्रिय समाचार सुन्नु पर्दा मन खिन्न हुने स्थिति आउनसक्छ।


कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
आज बेलुकासम्म दाम्पत्य जीवनमा सकारात्मक सम्बन्ध रहने देखिन्छ। तर त्यसपछि त्यत्ति राम्रो छैन। भनेजस्तो प्रतिफल पाउन संघर्ष गर्नुपर्ने हुन्छ, त्यसैले महत्वपूर्णकाम साँझ पर्नुअघि नै सिध्याउनु होला। बेलुका पारिवारिक जीवनमा अनावश्यक किचलो र विवाद हुने सम्भावना छ। स्वास्थ्यस्थितिमा समेत प्रतिकूलता आउनेछ।


मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
आज दिनभरि राम्रो समय छैन। पारिवारिक स्वास्थ्यका क्षेत्रमा धन खर्च हुने सम्भावना छ। शरीरमा आलस्य र थकानको अनुभव हुनेछ, आफुलाई पनि चोटपटकको भय छ। खानपिनमा नियन्त्रण गर्नु बेस हुनेछ, साँझमा अचानक भोगविलासको चाहना हुनेछ। विपरीतलिङ्गीसँग सुमधुर सम्बन्ध कायम हुनेछ।

Sunday, December 22, 2013

आजको राशिफल

आजको पञ्चाङ्ग

वि. सं. २०७० साल पौष ०८ गते सोमबार तदनुसार ईश्वीसन् २०१३ डिसेम्बर २३ तारिख, नेपाल संवत् : ११३४, (थिल्लागा)

चन्द्रमा सिंह राशिमा (अहोरात्र व्याप्त),
आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
अहिलेको समय तपाईंको पक्षमा छैन। सुखी र विलासितापूर्ण जीवन व्यतीत गर्न मन लालायित हुनेछ। भोगविलास र शृङ्गारिक सामाग्री खरिद गर्न धन खर्च हुनेछ। मातापिता र अभिभावक वर्गसँगको सम्बन्धमा तिक्तता आउन सक्छ। सेवाक्षेत्रमा अनावश्यक दबाबको सिर्जना हुनेछ, नचाहेको जिम्मेबारी वहन गर्नुपर्ने हुनसक्छ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
हिजोआज राम्रै समय चल्दैछ। शुभसमाचारको आगमनले मन प्रसन्न रहने छ। धेरथोर सामाजिक कामको लागि समय र धन खर्च गर्ने समय आएको छ। उपहार पुरस्कार आदि मिल्नेछ। नयाँ काम गर्ने सोच बनाउनु भएको छ भने आज त्यसका लागि अनुकूल समय आएको छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
हिजोआज राम्रै समय चल्दैछ। शुभसमाचारको आगमनले मन प्रसन्न रहने छ। धेरथोर सामाजिक कामको लागि खर्च गर्ने समय आएको छ। उपहार पुरस्कार आदि मिल्नेछ। नयाँ काम गर्ने सोच बनाउनु भएको छ भने आज त्यसका लागि अनुकूल समय आएको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
हिजोआज राम्रै समय चल्दैछ । आर्थिक अवस्थामा दृढता आउने छ । कृषि तथा कृषिजन्य व्यवसायमा संलग्नहरुका लागि यथेष्ट लाभ लिन सकिने समय छ। सामाजिक र पारिवारिक सम्बन्ध सुदृढ हुनेछ। दिन रमाइलो गरी बित्नेछ। गरगहना वा कुनै भौतिक सामान खरिद गर्ने पक्षमा हुनुहुन्छ भने आज त्यसका निम्ति राम्रो दिन छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
हाँसखेल र मनोरञ्जनपूर्ण समय छ। धर्मकर्ममा रुचि बढ्ने योग छ। मिष्ठान्न भोजन प्राप्त हुनेछ। अरुबाट तपार्इंका कामको उच्च मूल्याङ्कन हुने सङ्केत छ। बोल्दा ख्याल गर्नुहोला। प्रशंसा, बढुवा वा जिम्मेवारी मिल्ने देखिन्छ। आज कुनै अप्रत्याशित काम बन्ने योग छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
आज किसिमकिसिमका समस्यासित जुध्नु पर्ने परिस्थिति छ। झैझगडा र मुद्दामामिलाभन्दा टाढै बस्नु उचित हुनेछ। यात्रा घातक बन्न सक्छ, धेरै टाढा नजानु होला। आर्थिक समस्याले सङ्कट उत्पन्न गर्न सक्छ। दान पुण्यको कार्य गर्नु होला, आम्दानीका मार्ग प्रशस्त हुनेछन्।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
घरपरिवारबाट भरमग्दुर सहयोग प्राप्त हुने छ। आजको सानो प्रयासले रोजगारीको राम्रो अवसर हात पर्न सक्छ। सरकारी जागिरेका लागि उपयुक्त समय आएको छ, प्रशंसा, बढुवा वा जिम्मेवारी मिल्ने देखिन्छ। आज कुनै अप्रत्याशित काममा सहयोग गर्नु पर्ला।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
आज धैर्यधारण गरी परिश्रम गर्ने दिन हो। व्यवसायिक क्षेत्रमा खासै फेरबदल  हुने योग छैन। प्रतियोगितात्मक क्रियाकलापमा सफल हुनुहुने छ। आम्दानीमा कमी आउने छैन। पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहने छ। अभिभावकवर्ग, गुरुजन र ठूलाबडाको आशीर्वाद प्राप्त भएमा कुनै महत्त्वपूर्ण कार्य सम्पन्न हुनेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
विद्वान र प्राज्ञिक व्यक्तिहरूबाट सम्मान र प्रतिष्ठा प्राप्त हुनेछ। विदेश वा दूरदराजमा बसेका व्यक्तिहरुसँग सुमधुर सम्बन्ध कायम हुनेछ। लामो दूरीको लाभदायक यात्राको सम्भावना छ। धार्मिक, सामाजिक र सांस्कृतिक क्रियाकलापमा संलग्न हुन मन लाग्नेछ। सुखसुविधा र विलासिताका साथमा समय बित्नेछ। मातापिता र अभिभावक वर्गसँगको सम्बन्ध सुमधुर रहने छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
आजको दिन आँफू स्वयंलाई कुनै ठूलो उद्योग वा प्रतिष्ठानमा नजोड्नु नै बेस हुनेछ। यो जोखिम मोल्ने समय होइन। तपाईंले आँफूले गरेका प्रयास र उद्यममा निराशा भोग्नुपर्छ। स्वास्थ्यसम्बन्धी विविध समस्याहरू आइपर्ने छन्। परिवारको कुनै सदस्यको स्वास्थ्यसम्बद्ध चिन्ता हुनसक्छ। अनावश्यक यात्राबाट जोगिनु राम्रो हुनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
समय राम्रो छ। प्रेममा सफलता प्राप्त हुने योग छ। सामान्य विवादले ठूलो रूप लेला तर पनि तपाईंकै विजय हुनेछ। नआत्तिकन निर्वाह गर्नुहोला। सरकारी जागिरेका लागि उपयुक्त समय आएको छ, कतै छोटो दुरीको विशिष्ट र लाभदायी यात्रा पनि हुन सक्छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
मनमा अशान्ति र छटपटी व्याप्त हुने छ । अचानक भोगविलासमा तिर्सना जाग्नेछ, विपरीतलिङ्गीप्रति अनावश्यक आकर्षण बढ्न सक्छ। माया र प्रेमका लागि समय र धन दुबै खर्च हुनसक्छ। तर्क, विवाद र झैझगडाबाट टाढा रहनु राम्रो हो। कुनै नयाँ काम सुरु गर्नुपर्ने छ भने आमाको आशीर्वाद थाप्न नबिर्सनुहोला।

सितारामले राखे झरना देखि निशासम्मलाई एउटै कलेक्शनमा


सितारामले राखे झरना देखि निशासम्मलाई एउटै कलेक्शनमा
२०७० पुष ७ गते ११:३१ मा प्रकाशित

sitaram-and-suminaगीतसंगीत सुन्ने मात्र नभई हेर्ने प्रचलन बढ्दै गएको छ । यसैले पनि गायक देखि भिडियो निर्देशकहरु डीभीडी कलेक्शन बजारमा ल्याउन लालयित भएका छन् । यही क्रममा गायक सिताराम पोख्रेलले पनि आफ्ना चर्चित भिडियोहरुलाई एउटै कलेक्शनमा जम्मा पारेका छन् ।पहिलो एल्बम ‘खोजी हेरिनौ’ देखि पाचौं एल्बम सम्मानसम्मका गीतहरुको भिडियोलाई सितारामले कलेक्शन गरेका हुन् । उनले भिडियोमा निशा अधिकारी, अरुणिमा लम्साल, सुमिना घिमिरे, केही पूर्व मिस नेपालहरुलाई अभिनय गराएका छन् । उनको डीभीडीमा १० गीतहरु समावेश छन् । जसमा चेतावनी, आँखाका नानी हौ तिमी, हे दैव, हरदिन किन, पहिलो पहिलो, तिमी आउँ, बिनाकारण, तिम्रो चाहको, माया नै माया, नभन्नु है तेरो मेरा, आज किन गीत समावेश छन् ।
भिडियोको कलेक्शन निकाल्न माग आएपछि तयार पारेको तर्क सितारामको छ ।
- See more at: http://www.onlinekhabar.com/2013/12/147402/#sthash.LpSUy6GC.dpuf

सुन्दरी बन्न तम्सिए नर्सहरु



२०७० पुष ७ गते १४:३२ मा प्रकाशित

nurse-sundari‘नेक्स्ट मोडल नेपाल’को आयोजना र स्वास्थ्य खबरपत्रिकाको सहकार्यमा हुन लागेको ‘मिस नर्स नेपाल २०७०’ को अडिसन आज काठमाण्डौंमा सम्पन्न भएको छ । माघ ११ गते काठमाण्डौंमा हुने अन्तिम प्रतिस्पर्धाका लागि पहलो चरणमा काठमाण्डौमा अडिसन शुरु गरिएको हो । अडिसनको पहिलो चरणमा काठमाण्डौमा आज ३५ जना सुन्दरी नर्सहरुले भाग लिएको आयोजक नेष्ट मोडल नेपालका प्रमुख रवि धमलाले बताए । देशभरबाट छनौट भएका ३० जना नर्सहरु बिच अन्तिम प्रतिस्पर्धा हुनेछ । नर्सहरुलाई पेशाप्रति थप जिम्मेवार, समाजप्रति उत्तरदायी र उत्प्रेरित बनाउन मिस नर्स नेपालको आयोजना गर्न लागिएको स्वास्थ्य खबरपत्रिकाका बजार निर्देशक बुद्धि कटेलले बताए । प्रतियोगितामा देशभरका ८० भन्दा बढी नर्सिङ कलेजका विद्यार्थी तथा १ सयभन्दा बढी अस्पतालमा कार्यरत नर्स सहभागी हुने अपेक्षा आयोजकको छ ।
देशका प्रमुख शहरमा गरिने अडिसनबाट छनौट भएका ३० उत्कृष्ट प्रतियोगिबीच अन्तिम प्रतिष्पर्धा गराएर मुख्य उपाधी सहित १२ विभिन्न विधामा पुरस्कृत गरिनेछ । प्रतियोगितामा टाईटल उपाधी सहित, मिस ब्यूटिफुल, बेस्ट स्माईल, मोष्ट डिसिप्लेन, बेष्ट हेयर, बेस्ट स्कीन, बेष्ट पर्सनालिटी, मोष्ट चार्मिङ, मिस फोटोजेनिक, मोष्ट ट्यालेन्ट, बेष्ट ड््रेस, मिस क्याटवाक र मोष्ट पपुलर विधामा पुरस्कार प्रदान गरिने छ । प्रतियोगिताको उपाधि विजेताले ५० हजार नगदसहित नेपाल र अष्ट्रेलियामा अध्ययन छात्रवृत्ति पाउनेछिन् ।
- See more at: http://www.onlinekhabar.com/2013/12/147482/#sthash.36Rw2dNM.dpuf

विनिताको प्रेममा अर्जुनलाई ‘कस्तो टेन्सन’



२०७० पुष ७ गते १३:२७ मा प्रकाशित

binita-and-arjunचलचित्र ‘कस्तो टेन्सन’बाट नेपाली सिने नगरीमा उदाउन लागेका नव कलाकार अर्जुन पौडेल यो क्षेत्रलाई बचाउने जिम्मा नयाँ पुस्ताको भएको बताउँछन् । नायिका बिनिता घिमिरेसँग पर्दामा जोडी जमाउने सुरमा रहेका अर्जुनले आफू पैसा खर्च गरेर हिरो नभएको बताए ।उनले आफू चलचित्र ‘कस्तो टेन्सन’बाट निक्कै आशावादी समेत रहेको बताएका छन् । आफ्ना साथीहरु यही क्षेत्रमा रहेकाले उनीहरुको सल्लाहा अनुसार तयारी गरेरै आफू हिरो हुन आएको तर्क पौडेलको छ । उनले आफू हिरो भन्दा पनि कलाकार बन्न आएको बताएका छन् ।
चलचित्र ‘कस्तो टेन्सन’लाई शिव घिमिरेले निर्देशन गरेका हुन् । चलचित्रमा मोनिका दाहाल, भुवन भुजेलको पनि अभिनय छ । चलचित्रको प्रदर्शन मिति भने तय भैसकेको छैन ।
- See more at: http://www.onlinekhabar.com/2013/12/147456/#sthash.UsOZxxpl.dpuf

Saturday, December 21, 2013

आजको राशिफल

आजको पञ्चाङ्ग

वि. सं. २०७० साल पौष ०७ गते आइतबार तदनुसार ईश्वीसन् २०१३ डिसेम्बर २२ तारिख, नेपाल संवत् : ११३४, (थिल्लागा)
आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
आजबाट पारिवारिक वातावरणमा सुधार आउने छ। पैसाको मामिलामा खासै फरक पर्ने देखिन्न तर व्यवहारिक एवं आर्थिक लाभ बढ्न थाल्नेछ। लेखन, प्रकाशन र ज्ञानगुनका क्षेत्रमा सक्रियता बढ्ने छ। बौद्धिक क्षमताको प्रस्फुटन हुनाले सृजनात्मक सफलता मिल्नेछ। शत्रुहरु पराजित हुनेछन्।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
एकाबिहानै सामाजिक र परोपकारका क्षेत्रमा खट्नु पर्नेछ। दिउँसोबाट असहज परिस्थिति सिर्जना हुनसक्छ। खर्च अलि वृद्धि हुने समय छ। व्यापारव्यवसायमा तनाव उत्पन्न हुनेछ। प्रेममा धोका हुनसक्छ। सामान्य कुरामा समेत विवाद उत्पन्न हुन सक्छ। आमाबुवाको स्वास्थ्यमा समस्या आउन सक्छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
समय राम्रै छ। साथीभाइ र कुटुम्बका नातेदारबाट उपयोगी सल्लाह र सहयोग प्राप्त हुनेछ। शारीरिक प्रतिस्पर्धाका कामतिर मन जानेछ। आज विगतका कमीकमजोरी सम्झने दिन होइन, मन प्रसन्न बनाएर काम गर्नुहोला, सफलता तपाईंको मुट्ठीमा छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
मानप्रतिष्ठा र ख्याति बढ्ने समय आएको छ। सामाजिक काममा संलग्न हुनुपर्ला। घुमघाम र भेटघाटको समय छ, मेवामिष्ठान्न र परिकार मिल्नेछ। छरछिमेकी, कुटुम्ब वा नातागोताको कामधन्दामा सरसहयोग गर्दा सन्तुष्टि प्राप्त हुनेछ। अब पछाडि बसेर तपाईंका कुरा काट्नेहरू चुप लाग्नेछन्।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
दिनको सुरुवातमा मन खिन्न भए पनि आज तपाईंले गरेको प्रयास सार्थक हुनेछ। डुबेको धन अप्रत्याशित ढंगले फिर्ता आउन सक्छ। परिवारका सदस्यहरुमा खुसी, उमङ्ग र हर्षको सञ्चार हुनेछ। सानोतिनो पार्टी, पुराना साथीभाइसित जमघट वा भोजभतेरमा सहभागी हुने सम्भावना छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
आज दिउँसोका तुलनामा बिहानको समय सकारात्मक छ। दिउँसो शत्रुपक्षका अनिष्ट व्यवहारको सन्देश प्राप्त हुने देखिन्छ। प्रतिशोधको भावना त्याग्नु राम्रो हुनेछ। कृषिजन्य व्यवसायबाट लाभ प्राप्त हुनेछ। परोपकार र धार्मिक क्रियाकलापमा धन खर्च हुनेछ। सानातिना कामको झमेला आउनसक्छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
भाइबहिनी वा सन्ततिका तर्फबाट खुशीको खबर प्राप्त हुने छ। माया प्रेमको लागि रमाइलो छ। विपरीतलिङ्गीबाट आवश्यक सहयोग मिल्नेछ। पारीवारिक सहयोग बढ्ने छ। आत्मबल बढ्ने बेला छ। ठूलाबडाले सहयोग गर्नेछन्। व्यापार व्यवसाय मध्यम रहेको छ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
व्यापारव्यवसाय र कामधन्धाका क्षेत्रमा खट्ने समय आएको छ। दिउँसोका तुलनामा बिहानको समय राम्रो छ, धन, धर्म र भाग्य अभिबृद्धि हुनेछ। दाम्पत्यसुख, प्रेमसम्बन्ध, रतिराग तथा पारिवारिक स्थितिमा सुधार आउने छ। दीर्घकालीन व्यवस्थापनका क्षेत्रमा आर्थिक लगानी हुनेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
आज दिउँसोबाट तपाईंका असन्तुष्टि समाप्त हुनेछन्। अधुरा कामहरु पूर्ण हुन थाल्नेछन्। स्वास्थ्यमा क्रमिक रुपमा सुधार हुनेछ। धार्मिक, आध्यात्मिक र सामाजिक काममा सक्रिय बन्नु पर्नेछ। आज कुनै कन्या केटीलाई उपहार प्रदान गरेर आफ्ना मनका असीमित इच्छा पूर्ण गर्न सकिन्छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
बिहानको समय आज तपाईंका लागि राम्रै छ, तर मध्याह्नको सुरुवातसँगै अनावश्यक र झुठो आरोप आइलाग्ने सम्भावना छ। दिन छिप्पिदै जाँदा असन्तुष्टि, चिडचिडेपना आदि बढ्न थाल्नेछ। कसैसँग व्यर्थमा वादविवाद गर्नु पर्ला। प्रेममा धोका हुने सम्भावना छ। अध्ययनमा जाँगर चल्ने छैन।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
तपाईंको खराब र दिक्क लाग्दो समयको समाप्ति हुँदैछ, अब हाँसखेल र मनोरञ्जनका लागि मन आकर्षित हुनेछ। धेरै दिनपछि आज साँझ पारिवारिक रमझमका लागि समय र धनको जोहो हुनेछ। अध्ययनअध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाइएला। आर्थिक लाभको योग छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
बिहान ज्ञानगुन र अध्ययनअध्यापनका क्षेत्रमा मन आकर्षित भएपनि दिउँसोबाट प्रतिकूल समय सुरु हुनेछ। कसैसँग व्यर्थमा तर्क, बहस र वादविवाद गर्नु पर्ला। प्रेममा धोका हुने सम्भावना छ। तपार्इंले नचाहदा नचाहँदै पनि आर्थिक तथा शारीरिक शक्तिमा ह्रास आउने छ। छटपटी र असन्तुष्टि बढ्ने छ।